‘गरुड पुराण’ अभिभावकको साथमा हेर्नुपर्ने



चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेरसाँझ सेन्सर गरेको हो । समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।

यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ । यो फिल्म आगामी ४ माघबाट प्रदर्शनमा आउने छ ।

‘माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरुको कथा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको हो । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं’ निर्देशक सुवास कोइरालाले भने ।

यो चलचित्रको ‘म त पिरिममा…’ गीत अहिले चर्चामा छ । निश्चल बस्नेत सहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिश क्षत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको स्वर छ । यो चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् ।

यस्तै कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । यही चलचित्रबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् ।

गरुड पुराणलाई सुसन प्रजापतिको छायांकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu