दीपक मनाङेको चलचित्रमा शिशिर निर्देशक



प्रदेश ४ को मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङले फेरि चलचित्र निर्माण गर्ने भएका छन् । यसअघि उनले आफ्नो छोरा सिद्धार्थ गुरुङको डेब्यु चलचित्र ‘वान वे’ मा लगानी गरेका थिए । लामो समयपछि उनी चलचित्र निर्माणमा फर्किएका हुन् ।

दीपक गुन्डा नाइकेको रुपमा चिनिन्छन् । उनी निर्माता रहने चलचित्रलाई शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार दीपक र राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको छ । चैत अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रमा केही दिनमा कलाकार छनोट गरिने निर्देशक राणाले बताए ।


चलचित्रले विवाहपछिको दाम्पतिको प्रेमकथा भन्नेछ । रेड बर्ड प्रोडक्सनको तल बन्ने चलचित्रको प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । निर्देशक राणाले यो चलचित्रलाई ‘सोसल ड्रामा’ भनेका छन् ।

विवाहपछिको प्रेममा आधारित हुने भएकाले चलचित्रमा पाका कलाकार रहनेछन् । चलचित्रको एक गीत रेकर्ड भइसकेको छ भने अहिले स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक शिशिर निर्देशित चलचित्र ‘तिमीसँग’ गत वर्ष प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu