‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक (भिडियो)



फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवती र एक भारतीय युवकको प्रेममा आउने उचारचढाव देखाइएको छ ।

चलचित्रको चरित्रलाई न्याय गर्न अभिनेत्री दीपशिखा खड्काले रियलमै कपाल समेत मुण्डन गरेकी छिन् । त्यो पनि एक पटक नभएर पाँच पटक । ट्रेलर रिलिज कार्यक्रममा उनले कथाको माग अनुसार नै कपाल मुण्डन गरेको बताइन् । चलचित्रमा भारतीय यूवकको भूमिका भारतीय मुलका कलाकारले नै निर्वाहा गरेका छन् ।

भारतीय मोडल अली खान, दीपशिखाको प्रेमीको भूमिकामा छन् । साथै, मौसम खड्काको पनि चलचित्रमा लिड रोल छ । फिल्मको आधा निर्देशन जनक पाण्डेले गरेका हुन् भने बाँकी दीपशिखाले गरेकी हुन् । चलचित्रमा निर्देशकको नाम भने छैन ।

पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको चलचित्रको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu