सिए हुँदै चलचित्रसम्म सुपुष्पाको यात्रा



सुपुष्पा भट्ट नेपाली चलचित्रका लागि विल्कुलै नयाँ अनुहार हुन् । माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ बाट उनले डेब्यु गरेकी हुन् । चार्टड एकाउन्टेन्टकी विधाथी भए पनि उनलाई चलचित्रमा अभिनय गर्ने सानैदेखिको रुची थियो, जुन ‘रणवीर’ बाट पूरा भयो ।

उनले चलचित्रमा भित्रन गर्नु परेको संघर्षको एउटा छुट्टै कथा छ । उक्त चलचित्र उनले कसैले भनेर पाएकी होइनन् । बकाइदा अडिसनबाट सेलेक्ट भएकी थिइन् । सुपुष्पा ‘रणवीर’ बाट दर्शकले आफूलाई अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा विश्वस्त छिन् । सानैदेखि चलचित्रमा जम्ने रहर मनमा भएता पनि उनले यस क्षेत्रमा कसैलाई चिनेकी थिइनन् ।

तर, उनको फेसबुकमा अभिनेता प्रशान्त ताम्राकार साथी थिए र उनले आफ्नो चाहना प्रशान्तलाई सुनाइन् । प्रशान्तले ‘रणवीर’ का लागि अडिसन खुल्ला भएको जानकारी दिएपछि उनले इन्टरनेशनल क्लब सानेपा पुगेर चलचित्रका लागि अडिसन दिएकी थिइन् ।

उनी सम्झिँदै भन्छिन्, ‘अडिसनमा एउटा डाइलग बोलेँ अनि सुशीलजीसँग एउटा सिन गरेँ । अडिसन दिएको साँझ नै सेलेक्ट भएको खबर पाएको थिएँ ।’ सिएको विधार्थी भए पनि उनलाई चलचित्रमा परिवारबाट राम्रो सपोर्ट मिलेको छ ।

चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएपछि अहिले उनलाई म्युजिक भिडियो, एड तथा केही चलचित्रको अफर आइसकेको छ । तर, ‘रणवीर’ को रिजल्ट कुर्दैछिन् उनी । डेब्यु चलचित्र रिलिजपछि मात्र अर्को चलचित्र गर्ने सोचमा उनी छिन् ।


यस चलचित्रमा सुशील सिटौला शिर्ष भूमिका अर्थात् रणवीरको भूमिकामा छन् । सुबेक्षा खड्का, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, हरिहर शमालगायतको रहेको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारी यसका निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu