सुपुष्पासँग शुशीलको एकोहोरो प्रेम (भिडियो)



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ को स्याड सङ रिलिज भएको छ । हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको गीतमा हर्कुलस स्वयंको शब्द तथा संगीत छ ।

‘मान्न चाहन्नँ…’ गीतको भिडियोमा चलचित्रकी लिड अभिनेत्री सुपुष्पा भट्टप्रति अभिनेता शुशील सिटौलाको एकोहोरो प्रेम देखाइएको छ ।

यो चलचित्रमा शुशील र सुपुष्पाका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्र ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । महँगो बजेटमा तयार भएको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो चलचित्रको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीत अहिले निकै चर्चामा छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu