‘रणवीर’ मा भष्ट्राचार र बेथिती बिरुद्धको एक्सन



यही १८ माघबाट सिनेमा हलमा रिलिज हुने चलचित्र ‘रणवीर’ को टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसल यात्रा सुरु गरेको छ । यसै क्रममा निर्माण टोली पोखरा पुगेको छ । शनिबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराइयो ।

यो चलचित्रका अभिनेता शुशिल सिटौलाले पत्रकार भेटघाटमा बोल्दै आफू यो चलचित्रमा रणवीरको शिर्ष भूमिकामा रहेको खुलासा गरे, ‘यसअघिका चलचित्रमा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर म मुलुकका विकृति विसंगति विरुद्ध उत्रिएको छु ।’

यो चलचित्रमा शुशिलसँगै, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ । शुभेच्छले यसअघि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण रणवीरमा काम गरेको बताइन् । पहिलो चलचित्रबाट आफुले दर्शकको मन जित्नेमा विश्वस्त रहेको पनि उनले जिकिर गरिन् ।

अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो चलचित्रमा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराईन् । आफू नयाँ भएर पनि अग्रज कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले सञ्चारकर्मीलाई सुनाइन् ।

यसका लेखक एवम् निर्देशक गोविन्द सिंह भण्डारीले आफु दक्षिण भारतीय सिनेमा उधोगमा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको बताए । उनले पत्रकार भेटघाटमा बोल्दै चलचित्र रणवीरमा विकराल भ्रस्ट्राचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको जानकारी गराए । रणवीर प्रेमकथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक सिनेमा बनेको उनले बताए ।

यसअघि चलचित्र गाजाबाजा चलचित्र बनाएका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरको निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा सशक्त भएको र निर्देशक गोविन्दको यस अघिका कामबाट आफु प्रभावित भएकाले रणवीरमा लगानी गरेको हो भनिन् । उनले नारी निर्माताहरुले पनि राम्रो सिनेमा बनाउन सक्छन भन्ने उदाहरण यो फिल्मबाट आफु बन्ने बताईन् ।

तिरिमिरी तिन तारा…गीत र ट्रेलरका कारण अहिले चर्चामा रहेको रणवीरमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu