मोफसल दौडाहामा अतित र साया (भिडियो)



चर्चित उपन्यास ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको चलचित्र ‘समर लभ’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । गीतसंगीत र ट्रेलरले चलचित्रको हाइप निर्माण गर्दैगर्दा निर्माण टिम अहिले कलाकारको साथ लिएर प्रचार-प्रसारलाई ब्यापक बनाउँदै छ ।

पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ । टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग प्रत्यक्ष साक्षात्कार, मिडिया भेटघाट तथा युवापुस्तालाई लक्षित गर्दै कलेज क्याम्पियन पनि तिव्र बनाईरहेको छ । यसले चलचित्रको इनिसियल बक्सअफिस राम्रो हुने विश्वास टिमलाई छ ।


पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।
यसबीच, चलचित्रमा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक गीतमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।

चलचित्रका निर्देशक मुस्कान ढकाल हुन् । चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन् । सोपन सरकार र मनोज बिक सह-निर्माता हुन् ।

चलचित्रमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतको पनि अभिनय छ । उपन्यासलाई चलचित्रमा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu