‘घर’ को छायांकन सुरु



हरर कथामा बन्न लागेको चलचित्र ‘घर’ को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

यो चलचित्रमा अर्पण थापाको कथा तथा निर्देशन छ । चलचित्रमा अर्पणका साथमा नायिकाद्धय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।

शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्रलाई २० दिन लगाएर खिचिनेछ । बुढानिलकण्ठ आसपासमै चलचित्र खिचिने निर्मातामध्येका एक दिपेन्द्र के खनालले जानकारी दिए । निरज कँडेलले चलचित्रको छायांकन गर्नेछन् ।

डीएस डिजिटलको ब्यानरमा यो चलचित्र बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu