राजाराम भन्छन्, ‘‘सबैभन्दा सन्तुष्ट मिलेको चलचित्र हो ‘सयकडा दश’’



कमेडी भूमिकामा सबैभन्दा रुचाइएका र खोजिने हास्यअभिनेता हुन् राजाराम पौडेल । ३ दशकदेखि नेपाली चलचित्रमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गरिरहेका उनी पहिलो पटक चलचित्र निर्माणमा होमिएका छन् । उनले निर्माण गरेको चलचित्र हो ‘सयकडा दश’ ।

उनी आफूले दशक लामो अभिनय यात्रामा २ सयभन्दा बढी चलचित्रमा काम गरेको र त्यसमध्ये आफूलाई ‘सयकडा दश’ बाट सन्तुष्टि मिलेको बताउँछन् । पत्रकारसँगको एक भेटमा उनले भने, ‘कहिले पैसा, कहिले फुर्सद त कहिले चर्चामा आउनका लागि पनि चलचित्र गरेँ । तर, यो चलचित्र गरेपछि भने ममा बेग्लै अनुभूती भयो ।’


थुप्रै राम्रा चलचित्रमा काम गरेको भएता पनि ‘सयकडा दश’ लाई उनी आफ्नो मनमा बस्न सफल चलचित्रको रुपमा ब्याख्या गर्छन् । ‘यो देशका लागि बन्नै पर्ने चलचित्र थियो । देशमा लाजमर्दो स्थितिमा रहेको भष्ट्राचारलाई चलचित्रमा देखाइएको छ’, उनले अगाडि भने, ‘म विशषगरि यो चलचित्र युवावर्गलाई आग्रह गर्छु ।’

युवावर्गसँगै नागरिक समाजका अगुवाहरु, प्रतिष्ठित व्यक्तिहरु, कर्मचारी, प्रहरी प्रशासनका सबै व्यक्तिहरुले ‘सयकडा दश’ छुटाउन नहुने राजारामको भनाइ छ । उनले अगाडि भने, ‘यो चलचित्र हेरिसकेपछि म विश्वासका साथ भन्छु केही चेतना त ल्याउँछ ल्याउँछ ।’ उनले उक्त चलचित्रलाई आफूले राष्ट्रिय चलचित्र भन्ने गरेको पनि बताए ।

२ घण्टा १० मिनेट लम्बाइको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्रदान गरेको यस चलचित्रबाट चर्चित हास्यकलाकार मनोज गजुरेलले डेब्यु गरेका छन् । मनोज र राजारामका अलावा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेललगयतको पनि चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu