शोभितको ‘बद्रीबहादुर’ मा पूजा र सलोनको विशेष भूमिका



निर्देशक शोभित बस्नेत नयाँ चलचित्र निर्माण जुटेका छन् । उनले ‘बद्रीबहादुर’ नामक चलचित्र उनले निर्देशन गर्ने भएका छन् । करीब एक करोडको लागतमा निर्माण हुने चलचित्रको छायांकन यही माघ ११ गतेबाट सुरु हुँदैछ ।

चलचित्रमा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले भने विशेष भूमिका निभाउनेछन् । यसअघि यी दुईले कुनै चलचित्रमा गेस्ट रोल गरेका थिएनन् ।

चलचित्रको प्रस्तुतकर्तामा विजय गोपाल दलि छन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । सञ्चारकर्मी रवि अधिकारीको निर्माण रहने चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द निर्देशन रहनेछ ।

‘बद्रीबहादुर’ मा विनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहनेछ । लमजुङ, काठमाडौं, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन हुने चलचित्र कमेडी कथामा निर्माण हुन लागेको हो । चलचित्र तीजको छेकोमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu