‘डन ३’ बन्नेमा अझै अन्यौलता



बलिउड अभिनेता साहरुख खानका चलचित्रहरु पछिल्लो समय बक्सअफिसमा कमाल गर्न सकिरहेका छैनन् । केही वर्ष अगाडि रिलिज भएका चलचित्रहरु ‘डन १’ र ‘डन २’ ले बक्स अफिसमा सानदार कमाइ गरेका थिए ।

अब ‘डन ३’ बन्ने कि नबन्ने भन्ने कुराले विशेष चर्चा पाएको छ । ‘डन ३’ को लागि साहरुख नै हुने वा अन्य कलाकार हुने समेत हल्ला चलिरहँदा यो चलचित्रको कथा नै नबनेको निर्देशक फरहान अख्तरले बताएका छन् ।

फरहान अख्तर र साहरुख खानले बक्स अफिसमा राम्रो आपनिङ गरेका थिए भने उनीहरुको कामलाई फ्यानहरुलाई धेरै नै सर्हायका थिए । तर, तीन वर्ष बितिसक्दा पनि ‘डन ३’ बन्ने वा नबन्ने कुरामा निर्देशक नै अन्योल रहेका छन् । स्क्रीप्ट पनि तयार नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu