‘यात्रा’ पोस्टरमा मल्लिकासँग रोमान्टिक बने सलिन



यस वर्षको चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ को तीन अफिसियल पोस्टरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमा नव-अभिनेत्री मल्लिका महत्त र अभिनेता सलिनमान बनियाँलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

तेस्रो पोस्टरमा अभिनेता सलोन बस्नेतसहित चलचित्रका अन्य कलाकारहरु फिचर्ड छन् । डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ रिलिजको एक वर्षपछि पर्दामा देखिन लागेका सलिनमान ‘यात्रा’ मा एक भ्लगरको भूमिकामा छन् । यसका निर्देशक सम्राट शाक्य हुन् ।

जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको चलचित्रमा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् ।


यस चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।

चलचित्रमा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu