सानो मन’ को मुहूर्त, आयुष्मान र शिल्पाले गर्नेछन् रोमान्स



अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केले पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेको चलचित्र ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । चलचित्रको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रमा हङकङ निवासी सुयोग गुरुङको एक्सन-कट रहनेछ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् ।

चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । आलोक शुक्लाले चलचित्र खिच्नेछन् ।


समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । चलचित्रमा सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu