यसकारण शुशीलका लागि ‘रणवीर’ डेब्यु चलचित्र



अभिनेता शुशील सिटौला पनि माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ लाई आफ्नो डेब्यु चलचित्र बताउँछन् । यो चलचित्रलाई आफ्नो डेब्यु बताउनुको उनीसँग मिठो तर्क पनि छ । उनी भन्छन्, ‘‘रणवीर’ बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु चलचित्र हो यो । यसमा दर्शकले नयाँ शुशीललाई देख्नु हुनेछ ।’’


बुटवलका स्थानीय पत्रकारसँग गफिँदै उनले चलचित्रमा आफू धनगढीको एक युवकको भूमिकामा रहेको बताए । उनले भने, ‘एक युवकको जीवनमा आउने आरोह-अवरोह नै ‘रणवीर’ हो ।’ उनले ‘रणवीर’ बन्नकै निमित्त १५ किलो वजन बढाएका थिए भने फाइट पनि सिकेका थिए । अघिल्ला चलचित्रले आफूलाई दर्शकमाझ चिनाएको र यसले स्थापित गर्नेमा उनी विश्वस्त छन् ।

गोविन्द सिंह भण्डारी निर्देशित यस चलचित्रबाट सुवेक्षा खड्का र सुपुष्पा भट्टबाट डेब्यु गरेका छन् । नरेश पौडेल, टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, शैलेश्वरी सिंह,लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । निर्माता द्वय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले कथा राम्रो लागेर चलचित्रमा लगानी गर्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu