‘प्रेमलीला’ नायिकाले लगाइन् निर्देशकमाथि गम्भीर आरोप



फागुन १० गतेबाट प्रदर्शनमा आउन तयार चलचित्र ‘प्रेमलीला’ की नायिका तथा निर्मात्री दिपशिखा खड्काले निर्देशक जनक पाण्डेमाथि गम्भीर आरोप लगाएकी छिन् । उनले चलचित्रको आधा छायांकन सकिन लाग्दा सेट छोडेर हिँडेको र आर्थिक हिनामिना गरेको आरोप लगाएकी छन् ।

बिहीवार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै चलचित्रमा पाण्डेले पनि लगानी गर्ने शर्त भएको तर छायांकनको क्रममा उल्टै आफूबाट पैसा लिएर भागेको उनले बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले बार-बार फोन सम्पर्क गरेँ, फेसबुकमा म्यासेज गरेँ तर कुनै जवाफ आएन । त्यसपछि रिसले गाली गरेर म्यासेज गरेँ, पुलिस केस गर्ने धम्की दिएँ तर पनि केही सिप लागेन ।’

चलचित्रको छायांकन पैसा अभावका कारण रोकिने भएपछि दिदी (नानी मैयाँ कार्की) ले आफूलाई १५ लाख दिएको उनले स्टाटसमा भनेकी छन् । ‘दिदीले दिनुभएको पैसाले पनि पुगेन र मैले आफूसँग भएको सुन र गाडी बेचेर सुटिङ सकेँ’, उनले अगाडि लेखेकी छन्, ‘जसोतसो चलचित्रलाई पूर्ण रुप दिएँ । तर, अझै २०-२२ लाखको खर्च छ ।’

‘प्रेमलीला’ लाई दीपशिखाले आधा छायांकन गरेको भए पनि चलचित्रमा न उनको न त निर्देशक जनकको नै नाम निर्देशकमा छ । निर्देशकका कारण निर्माताले हैरानी खेप्नु परेको यो पहिलो घटना भने होइन । यसअघि पनि निर्माताले निर्देशकबाट नपाउनुको दुःख पाएका धेरै उदाहरणहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu