टिजरमा हेर्नुस् सलमानको ‘भारत’ (भिडियो)



अली अब्बास जफरको निर्देशनमा बनेको बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘भारत’ को टिजर सार्वजनिक भएको छ । यो फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ । चलचित्रमा सलमान फरक-फरक भूमिकामा छन् । कटरीना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि चलचित्रमा लिड रोल छ ।


‘भारत’ कोरियन चलचित्र ‘ओड टू माई फादर’ मा आधारित रहेको बताइएको छ । टिजरमा सलमान दमदार डाइलगसँग धमाकेदार इन्ट्री लिँदै देखिएका छन् । उनी रकस्टार लुक्समा प्रस्तुत छन् । बाइकमा इन्ट्री गर्दै देखिएका छन् । टिजरमा उनको अनेक लुक्स देख्न सकिन्छ ।

यसमा सलमानको क्यारेक्टरको नाम भारत छ । टिजरमा दबंग खानलाई मात्र प्राथमिकता दिइएको छ । अरु कोही कलाकार अटेका छैनन् । ‘भारत’ मा वरुण धवनले केमियो रोल गरेका छन् । सलमान र निर्देशक जफरको भने यो तेस्रो सहकार्य हो ।

चलचित्रको सस्पेन्स खुल्ने डरले निर्माण टिमले टिजरमा कटरीनालाई लुकाएको बताइएको छ । ‘टिजरमा कैटरीनालाई देखाएको भए दर्शकलाई चलचित्रको कथाको अन्दाज हुन्थ्यो । त्यसैले उनलाई टिजरबाट टाढा राखिएको हो’, स्रोतले भनेको छ । टिजरमा मात्र सलमानको क्यारेक्टर स्थापित गरिएको छ ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu