‘साङ्लो’ मा विराजको जोडी निकिता



एक्सन स्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको चलचित्र ‘साङ्लो’ मा लिड हिरोइन फाइनल भएको छ । अब यस चलचित्रमा विराजसँग सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले रोमान्स गर्नेछिन् । शुक्रवार साँझ निकिता र विराजबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ ।

यसअघि निकिताले चलचित्र ‘रानीमहल’ साइन गरेकी थिइन् । यो फिल्म आधा छायांकन नसकिँदै निर्देशक र निर्माताबीचको लफडाका कारण रोकिएपछि उनले केही हप्ता अगाडि मात्र ‘रानीमहल’ छाडेको बताएकी थिइन् । अब उनी चलचित्र ‘साङ्लो’ मार्फत् पर्दामा देखिनेछिन् ।


चलचित्रका प्रोडक्सन हेड शंकर पाण्डेले ‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने बताए । विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने चलचित्र पूर्ण रुपमा एक्सनप्रधान हुनेछ । काठमाडौं, पोखरालगायतका स्थानमा खिचिने चलचित्रमा नवराज शर्मा एडीको रुपमा रहनेछन् ।

शनिबारबाट बाँकी कलाकार छनोट गरिने पाण्डेले बताए । करीब डेढ वर्ष अगाडि विराजले ५ वर्षपछि रोज राणा निर्देशित चलचित्र ‘जय परशुराम’ बाट कमब्याक गरेका थिए । यद्यपि, उनको कमब्याक सुखद रहेन । अब उनी आफैं निर्देशित चलचित्रबाट जबरजस्त कमब्याक गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu