मिलन नेवारको ‘मिलन यात्रा’ र ‘मन रेशम’ सार्वजनिक



गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलन यात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

माननिय गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता-पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन्, जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।

सोही कार्यक्रम मार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत-संगीत पौरखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए ।

कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट निती नियम तर्जुमा गर्न लागिएको उनले बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu