सुवेक्षासँग रोमान्टिक बने शुशील (भिडियो)



माघ १८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायामा म’ बोलको गीतमा हर्कुसल बस्नेत र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा गायक बस्नेत स्वयंको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका लिड अभिनेता शुशील सिटौला र अभिनेत्री सुवेक्षा खड्का फिचर्ड छन् । गीतले प्रेमभाव बोल्छ । मायामा अल्झिनुको कारण उनीहरु एकअर्कालाई प्रेमिल अन्दाजमा सोधिरहेका छन् । गीत पोखराको सेरोफेरोमा खिचिएको हो ।

यो चलचित्रमा शुशील र सुवेक्षाका अलावा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्र ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu