प्रविधी अँगालेर कथा बिर्सनेको भिडमा ‘पराई’को अर्थ



ठुलोपर्दा डटकम, काठमाण्डौ। आजकलका चलचित्रमा प्रविधीको उच्चतम प्रयोग हुन थालेको छ। नेपाली चलचित्र लगाएत संसारभरका चलचित्र उद्योगमा प्रविधीले कब्जा जमाईरहेका बेला कथाको गहिराई बिर्सेर अन्यत्र भुलिरहेका कारण चलचित्र उत्कृष्ट बन्नबाट पछाडी रहन थालेका छन्। कुनै चलचित्र हल्लाको भरमा ब्ल्कबष्टर भएका छन् भने कुनैलाई दर्शकले पत्याउनै सकेका छैनन्।

यसै क्रममा पुरानो प्रविधी तर कसिलो कथा र प्रस्तुती भएका पुराना चलचित्र हेर्न कि त टेलिभिजन खोज्नु पर्छ या त डिभिडीको सहारा लिनुपरिरहेको यो समयमा एक नेपाली चलचित्र जसले दर्शकलाई पटक-पटक हलमा तानिरहेको छ। कथाबाट रुवाउन पनि हसाउँन पनि सक्ने स्व. शिव रेग्मी निर्देशित चलचित्र ‘पराई’ यतिबेला अन्य तीन चलचित्रसँगको भिडमा चलिरहेको छ। निर्माता तथा नायक गोबिन्द शाहिका अनुसार रिलिजको दिन शुक्रवार भन्दा आइतवारबाट दर्शकको संख्या बढ्दै गएको सो चलचित्रलाई दोहोर्यााएर हेर्न आउने दर्शकको प्रतिक्रियाले ‘पराई’ले थप हौसला पाएको छ।

parai
डिजिटल प्रविधीले छपक्कै छोपेको नेपाली चलचित्रमा यो चलचित्र भने पुरानै प्रविधी ‘सुपर १६’मा खिचिएको छ जसका कारण चलचित्रको गुणस्तर कम देखिएपनि सो चलचित्रको कथा, प्रस्तुती तथा कलाकारको अभिनयका कारण दर्शक कुनै बेला पेट मिचिमिचि हाँस्छन् भने कुनै समय आँकाबाट आँशु खसाल्न बाधय छन्।

अनाथ बालक हुर्केर ठुलो भएपछि समाजमा हुने अवस्था, उसको मन, आमाबाबु हुँदादुँदै अनाथ हुने बालकको कथा, बिधवा बुहारीले खेप्नुपर्ने समस्या, सम्पतीको लोभलालच, प्रहरीको जिन्दगी, सौतेलो छोरा हुनुपर्दाको पिडा, आफ्नै छोरा हराउनुपर्दा आमालाई हुने पिडा जस्ता धेरै नेपाली मौलिक कथाहरुले यो चलचित्रलाई गम्भिर बनाएको छ।

गम्भिर कथामा हाँसोको बहार ल्याउन सफल निर्देशक शिव रेग्मीको यो दोश्रो अन्तिम चलचित्र हो। आफ्नो सन्तती हेर्न नपाई निर्देशक रेग्मीको मृगौला रोगका कारण देहवसान भएको थियो। ‘पराई’को सफलताले रेग्मीको आत्माले शान्ति पाईरहेको निर्माता शाहिले बताए। पराईमा निरज बराल, गोबिन्द शाहि, गरिमा पन्त, नन्दिता केसी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu