रुप र आरोहीको गोवामा रोमान्स



निर्देशक नितिन चन्द निर्देशित चलचित्र ‘गीत गजल’ को हाल भारतको गोवामा एक गीतको छायांकन भइरहेको छ । सुरेश काफ्लेले खिचिरहेको गीतमा चलचित्रका लिड अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंह फिचर्ड छन् ।


आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन भैरहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुरेश लामा र अञ्जु पन्तको स्वर छ । ‘छ कि छैन् थाहा’ बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।


‘गीत गजल’ मा रुप र आरोहीका अलावा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक चन्दले आफूले गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाड्ने बताए ।


चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu