‘कागजपत्र’ को ‘माया संसार…’ गीत सार्वजनिक (भिडियो)



चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘माया संसार…’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा हर्कुसल बस्नेतको स्वर छ ।

गायक स्वयंमको शब्द रहेको गीतले प्रेम जोडीको प्रेम र पीडा बोल्छ । नाजिर हुसेन र शिल्पा मास्के प्रेम जीवन र भोलाराज सापकोटा र सरिता गिरीको बैबाहिक जीवनमा आउने उतारचढावलाई गीतमा देखाइएको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।


इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । चलचित्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए ।

यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

चलचित्रलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अभिनेत्री शिल्पाले आफ्नो डेब्यु चलचित्र भएका कारण ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताइन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu