‘फिङ्गर प्रिन्ट’ को गीतमा आयुष्मासँग राजको प्रेम (भिडियो)



फागुन १० गतेबाट प्रदर्शनमा आउने नविन निरौलाको लेखन तथा निर्देशित चलचित्र ‘फिङ्गर प्रिन्ट’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘चाहिँदैन भो’ बोलको गीतमा गायक दीपक लिम्बुको स्वर सुन्न सकिन्छ भने दयाराम पाण्डेको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका लिड अभिनेता राज क्षितिज र अभिनेत्री आयुष्मा कार्की फिचर छन् । मेडिकल साइन्सको बिषयमा केन्द्रित चलचित्रको निर्माता अनिल श्रेष्ठ (रोमन) र शंकर आचार्य हुन् ।

चलचित्रमा दीपक त्रिपाठी, सरिता लामिछाने, रमेश बुढाथोकी, आनन्द पुनलगायतका कलाकारले अभिनय गरेका छन् । सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रले भरपुर मनोरञ्जनका साथै समाजपयोगी सन्देश प्रवाह गर्ने दावी निर्देशक नविनको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu