‘समर लभ’ निर्देशक भन्छन्, ‘पुस्तकको कथाको मर्म मर्न दिएको छैन’



चर्चित उपन्यास ‘समर लभ’ माथी तयार भएको चलचित्र प्रदर्शनको लागी तयार छ । माघ २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्रका पात्रमा दर्शकले अनि उपन्यास पढ्ने पाठकले आफैंलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले यसअघि देखि बोल्दै आइरहेका छन् ।

चलचित्रका सार्वजनिक प्रचार सामाग्रीहरुले सिनेबजारमा लोकप्रियता बढाउँदो छ । चलचित्रको युट्युवमा सार्वजनिक ट्रेलर १ मिलियन भ्यूजतर्फ अघि बढ्दै छ भने पुष्पन प्रधान संगीतबद्ध ‘साया’ बोलको सार्वजनिक गीत उत्तिकै मात्रामा हिट छ ।

चलचित्रमा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छन् भने न्यारेटर (लेखक) को भुमिकामा सुरजसिंह ठकुरी छन् । फिल्मलाई लिएर निर्देशक ढकाल भन्छन्, ‘समर लभ’ पुस्तकलाई पाठक तथा दर्शकले जति माया दिनु भएको छ र यसको भाव बुझ्नुभएको छ, सोहिअनुसार कथाको मर्म मर्न दिएको छैन, पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौँ ।’

किताब र फिल्म फरक रहँदा पढेकै कुरालाई पर्दामा ढाल्दा फिल्मी शैलीको प्रयोगमा केहि थपघट हुनसक्ने कुरा निर्देशक ढकाल जोड्छन् । त्यसो त नेपाली चलचित्र मेकिङमा मुख्यतः कमजोरी मानिने पाटो स्कृप्ट हो । यो पटक लाखौँ पाठक, समालोचक तथा समिक्षकले उत्कृष्ट बोलिसकेको खुला स्कृप्टमाथी फिल्म बन्दा निर्देशकमाथी पटकथा (स्कृनप्ले) राम्रो बनाउने चुनौती पनि छ ।

‘मलाई थाहा छ, नेपालमा आख्यानमाथि बनेका चलचित्र राम्रो चलेका छैनन्। अझै भनूँ, पुस्तकलाई न्याय गर्ने गरी पनि बनेका छैनन्,’ निर्देशक ढकालले थपे, ‘तर यो चलचित्रलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु।’

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको यो चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाइन प्रोड्यूसरमा छन् । चलचित्र टिम अघिल्लो हप्तामात्रै मोफसलका दर्शकमाझ साक्षात गर्दै पुर्व पश्चिम यात्रा सकाएर काठमाडौं फर्केको थियो । यतिबेला राजधानी केन्द्रित प्रचारमा ‘समर लभ’ टिम लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu