‘गुप्त’ को आइटम गीतमा बोल्ड सुष्मा (भिडियो)



प्रदर्शन मिति घोषणा बिनै चलचित्र ‘गुप्त’ को आइटम गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएकी छन् । गीतमा उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । चलचित्रलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् ।

शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको चलचित्रलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । ‘गुप्त’ मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देललगायतको अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu