एकसाथ हलमा लागे ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’



यस हप्ताको शुक्रवारबाट तीन चलचित्र ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ले एकसाथ प्रदर्शन सुरु गरेका छन् । दीपेन्द्र लामा निर्देशित ‘गोपी’ ले स्वदेशमै अथाह सम्भावना देखाएको छ भने गोविन्द सिंह भण्डारीको ‘रणवीर’ बदलाको कथामा बनेको छ । रामशरण पाठकको निर्देशन रहेको ‘सयकडा दश’ ले भने भष्ट्राचार विरुद्धको प्रेम बोल्छ ।

दुईपटक विशेष शोमा विशिष्ट व्यक्तित्वहरुबाट वाहवाही बटुलेको ‘गोपी’ मा अभिनेता विपिन कार्की टाइटल क्यारेक्टरमा छन् । प्रत्येक चलचित्रमा फरक चरित्र निभाउने उनी यसमा एक गाईपालक युवकको भूमिकामा छन् । उनीसँगै वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

आरोही केसी निर्माता रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त चलचित्रलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । चलचित्रले नेपालका किसानहरुको वास्तविक समस्या भनेको छ ।


गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा चलचित्र ‘रणवीर’ मा शुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ । चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ । करीब दुई करोडको लगानीमा फिल्म निर्माण भएको बताइएको छ । चलचित्रका लागि अभिनेता शुशीलले ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए ।

यस्तै, ‘सयकडा दश’ बाट हास्यकलाकार मनोज गजुरेलले अभिनय यात्रा सुरु गरेका छन् । भष्ट्राचारले समाज र परिवारमा पार्ने प्रभावको कथा भन्ने चलचित्रमा मनोजका अलावा सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको पनि अभिनय छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu