अनमोलको ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक (भिडियो)



सुपरस्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर धमाकेदार छ । ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई स्थान दिइएको छ ।

फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकन उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अभिनेता अनमोलले चलचित्रमा एक फुटबल खेलाडीको भूमिका निभाएका छन् ।

फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका निर्माता भुवन केसी हुन् । ‘क्याप्टेन’ को लेखक निर्देशक दीवाकर स्वयं हुन् ।

पटकथा सामिप्यराज तिमल्सिनाको हो । उक्त चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । कार्यक्रममा बोल्दै अभिनेता अनमोलले कहिल्यै फटुबल नखेलेको भए पनि चलचित्रमा आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन ३ महिना ट्रेनिङ लिएको बताए ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu