२०१९ मा अजयका चलचित्रले हजार करोडभन्दा बढी कमाई गर्ने दाबी



९० को दशकमा बलिउडमा प्रवेश गरेका अजय देवगन हिट चलचित्रहरुको ग्यारेन्टी मानिन्छन् । गत वर्ष उनको चलचित्र ‘रेड’ ले बक्स अफिसमा बेजोड कमाई गरेको थियो । यो वर्ष २०१९ मा उनका धेरैवटा चलचित्रहरु आउने खबर छ । अहिले अजय देवगनसँग धेरैवटा चलचित्रहरु छन्, जसले गर्दा उनको चलचित्रले यसवर्ष एक हजार करोडभन्दामाथिको कमाई गर्ने दाबी गरिएको छ ।

निर्देशक इन्द्र कुमारल निर्देशन गरेको चलचित्र ‘टोटल धमाल’ को ट्रेलर केही दिन अघि मात्र रिलिज भएको छ । ट्रेलरलाई दर्शकहरुले निकै मन पराएका छन् । चलचित्र आगामी २२ फेब्रुअरीमा रिलिज हुँदैछ । चलचित्रमा धेरैवर्षपछि माधुरी दिक्षित र अनील कपुरको जोडी पनि देखा परेका छन् । चलचित्रमा अजय देवगनको अलावा अरसद वारसी र जावेद जाफरी पनि रहेका छन् ।

त्यस्तै आजभोलि अजयको अर्को चलचित्र ‘तानी जीः द अनसंग वारियर’ को पनि निकै चर्चा चलिरहेको छ । यो चलचित्र मराठी योद्धा ताना जीको कहानीमा आधारित छ । अहिले यसको शूटिङ जारी छ । चलचित्रमा अजयको अलावा काजोल र सैफ अली खान पनि रहने छन् । यी दुई चलचित्रबाहेक अजयसँग धेरै बायोपिक फिल्महरु छन् ।

साथै यसैवर्ष अजयको ड्रिम प्रोजेक्ट ‘सन अफ सरदार टु’ पनि रिलिज हुँदैछ । यसलाई ठूलो स्तरमा बनाउने योजना छ । निर्देशक लव रंजनको ब्यानरमुनि बन्ने चलचित्र ‘दे दे प्यार दे’ पनि यसै वर्ष रिलिज हुँदैछ । चलचित्रमा अजय बाहेक तब्बू, जिम्मी शरगिल र रकुरप्रित सिंहजस्ता ठूला कलाकार पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu