रिलिज अगावै ‘क्याप्टेन’ ले बनायो रेकर्ड



सुपरस्टार अनमोल केसी अभिनीत यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘क्याप्टेन’ ट्रेलरले युट्युबमा किर्तिमानी रेकर्ड बनाएको छ । रिलिजको २४ घण्टामा ट्रेलरलाई ८ लाखभन्दा बढीले हेरिसकेका छन् । आजसम्म कुनै नेपाली फिल्मको ट्रेलरले रिलिजको २४ घण्टामा ८ लाख ‘प्लस’ भ्यूज बटुल्न सकेका थिएनन् ।


‘क्याप्टेन’ ट्रेलरप्रति हजारौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युबमा ४२ हजार बढीले लाइक्स गरेका छन् । ‘ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराई निर्देशित यस चलचित्रले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । चलचित्र फागुन १७ मा रिलिज हुँदैछ ।

चलचित्रको ट्रेलरमा खेलाडीमा देशप्रेमको भावना जगाउन भारतसँगको नाकाबन्दी र सीमा द्वन्द्वको विषय उठाइएको छ । फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकौं उचारचढावमा चलचित्र आधारित रहेको ट्रेलरले भन्छ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र खेलाडी अवतारलाई खुब रुचाएका छन् ।

यस चलचित्रमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको जोडी बाँधिएको छ । सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रका निर्माता भुवन केसी हुन् । यसमा पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu