‘बुलबुल’ को गीतमा स्वस्तिमाको पीडा (भिडियो)



अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको चलचित्र ‘बुलबुल’ को दोस्रो गीत सार्वजनिक भएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको क्यान इन्फोटेकमा शनिबार एक कार्यक्रमका बीच निर्माण टिमले सार्वजनिक गरेको ‘जाद्रै बस्यो दिल’ बोलको गीतमा अभिनेत्री स्वस्तिमाको पीडा देखाइएको छ ।

उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको गीतलाई रजिना रिमालले गाएकी छन् । मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन छ । यो चलचित्रमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । फागुन ३ गते चलचित्र रिलिज हुँदैछ ।


निर्देशक विनोद पोडेल चलचित्रमार्फत् स्वस्तिमाको अभिनयमा नयाँ अवतार देखिने दाबी गर्छन् । नायिका खडकाले पनि यस चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठूलो आशा राखेको बताएकी छन् । अविरल थापाले चलचित्र निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।

चलचित्रमा स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu