‘रणवीर’ बलिउडको ‘ए’ ग्रेडको चलचित्र : सुनिल थापा



गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘रणवीर’ लाई फिल्मकर्मी तथा मिडियाकर्मीले तारिफ मिलिरहँदा गत शुक्रबार राजधानीमा आयोजित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर रिलिज कार्यक्रममा अभिनेता सुनिल थापाले पनि दिल खोलेर तारिफ गरेका छन् ।

प्रिमियरमा चलचित्र हेरेका सुनिलले चलचित्रको स्तर बलिउड बराबरको रहेको बताए । ‘चलचित्र निकै राम्रो बनेको छ, यो बलिउडको ‘ए’ ग्रेडको चलचित्रझैँ लाग्छ’ ,उनले भने- ‘चलचित्र हेर्नुस र चलचित्रको बारेमा बोल्नुस, यस्ता चलचित्रले हाम्रो स्तर बढाउछ ।’ उनले पछिल्लो समय बलिउडको स्पोर्ट्स ड्रामा ‘मेरिकोम’ मा काम गरेका थिए ।

चलचित्रमा सुशील सिटौला, प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको अभिनय रहेको छ ।

चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu