‘लभ स्टेशन’ चैत २२ मा आउने



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि चलचित्र चैत १ मा आउने फाइनल भएको थियो तर २४ घण्टामा नै निर्णय उल्टिएको थियो । अब यो चलचित्र चैत २२ मा आउने भएको छ ।

‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको जोडी प्रदीप र जसिताको प्रमुख भूमिका रहेका कारण यो चलचित्र दर्शकमाझ प्रतिक्षीत छ । उज्ज्वल घिमिरे चलचित्रका निर्देशक हुन् । यस फिल्मको एउटा गीत केही दिन अगाडि मात्र भियतनाममा खिचिएको छ ।

चलचित्रको रोमान्टिक गीत ‘घाम जुन नै चाहिँदैन’ को छायांकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिए ।

गीतमा प्रदीप र जसितालाई फिचर्ड गरिएको छ । उक्त गीत अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायांकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि अभिनय रहेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu