नेपालपछि जापानमा ‘क्याप्टेन’ रिलिज हुने



अभिनेता अनमोल केसीको प्रमुख भूमिकामा रहेको चलचित्र ‘क्याप्टेन’ नेपाल रिलिज लगत्तै जापानमा प्रदर्शन हुने निश्चित भएको छ । नेपालमा आउँदा फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जापानमा भने मार्च १७ मा प्रदर्शन हुनेछ । स्टिनी क्रियशनले चलचित्र प्रदर्शन गर्दैछ ।

यस चलचित्रमा अनमोलले एक फुटबल खेलाडी इशानको भूमिका निभाएका छन् । ‘रहर छ सँगै’ बोलको गीत र केही दिन अगाडि सार्वजनिक भएको धमाकेदार ट्रेलरले चलचित्रको राम्रो हाइप निर्माण गरेको छ । ट्रेलर रिलिजपछि चलचित्रको मेकिङ र अभिनेता अनमोलको अभिनयलाई लिएर चर्चा हुन थालेको छ ।

उपासना सिंह ठकुरी र प्रियंका एमभी यस चलचित्रमा अनमोलको अपोजिटमा छन् । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । ‘क्याप्टेन’ का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu