राज चाम्लिङको लेखन तथा निर्देशनमा नेपालीी कथानक चलचित्र ‘बैनाबट्टा’ निर्माण हुने भएको छ । चलचित्रको हालै राजधानीमा एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । प्रेम लावतीकोे निर्माणमा बन्ने फिल्मको छायांकन पूर्वी नेपालबाट केही दिनमा सुरु हुनेछ ।

चलचित्रमा पूर्वी नेपालका जनजातीहरुको जीवनमा आइपर्ने यथार्थ जीवनकथा देखाइने निर्देशक राईले बताए । चलचित्रमा देबेन्द्र नेम्वाङ, कविता राई, बाबु मोक्तान र रश्मिला तामाङको प्रमुख भूमिका रहनेछ । साथमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बालगायतको पनि अभिनय रहनेछ ।
एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ सहायक निर्माताको रुपमा रहेको चलचित्रमा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राईको संगीत रहनेछ । ४० लाखको लागतमा चलचित्र ‘बैनाबट्टा’ बन्न लागेको हो ।




