साम्राज्ञी, पुष्पल र रेविकाको ‘मारुनी’ मुहूर्त



निर्देशक नवल नेपालले निर्देशन गर्ने नयाँ चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त गरिएको छ । फागुन दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्रको शुक्रवार बिहान कमलादी स्थित गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो । मुहूर्तमा कलाकार, निर्देशक र निर्माताको उपस्थिति थियो ।


यस चलचित्रमा अभिनेत्रीमा अहिलेकी ‘हटकेक’ साम्राज्ञी आरएल शाह लिड रोलमा छिन् । साथमा ‘मंगलम’ बाट उदाउँदो स्टारको उपमा पाएका पुष्पल खड्का र नव-अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका रहनेछ । मुहूर्तमा खुसी मुद्रामा देखिएका तीनै स्टार्स चलचित्रलाई लिएर निकै उत्साहित देखिन्थे ।
चलचित्रमा साम्राज्ञी तेश्रो लिंगीको भूमिकामा देखिँदैछिन् । तर, उनले आफ्नो भूमिका खुलाउन चाहिनन् । उनी भन्छन्, ‘तेश्रो लिंगीको भूमिका निभाउँदै छु पनि भन्दिनँ र होइन पनि भन्दिनँ । तर, भूमिका चाहिँ गजब छ ।’ यस्तै, अभिनेता पुष्पलले चलचित्रमा आफ्नो भूमिका फरक रहेको बताए । रेविका भने पहिलो चलचित्रको अनुभव सानदार रहनेमा विश्वस्त छिन् ।


चलचित्रले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने चलचित्रलाई सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा चलचित्र खिचिनेछ ।

पुनम गौतमको निर्माण रहने चलचित्रमा अजय पोखरेल र राजा प्रधान निर्मातामा छन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । कुशाग्र भट्टराई, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu