मनोज पण्डितको ‘खाग’ ट्रेलर सार्वजनिक (भिडियो)



गैंडा संरक्षणको कथामा निर्देशक मनोज पण्डितले चलचित्र ‘खाग’ निर्माण गरेको छ । यस चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ ।

कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको चलचित्रमा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी चलचित्रमा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ ।

फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए । ‘यस चलचित्रमा स्टार कलाकार छैनन्, तर कन्टेन्टमाथि हाम्रो विश्वस्त छौं’, उनले अगाडि भने- ‘सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छु ।’

ट्रेलर रिलिज कार्यक्रममा चलचित्रसँग सहकार्य गरेको इ-सेवाले ‘रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।

दीपक बज्रचार्यको छायांकन रहेको चलचित्रलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । ‘खाग’ को ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो । निर्देशक पण्डितले चलचित्रले पुस्तकलाई न्याय गरेको दाबी गरे ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu