चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’ को दोस्रो गीत युट्युब रिलिज भएको छ । ‘नाच माया’ बोलको पहिलो गीतले युट्युबमा झण्डै ४० लाख भ्यूज बटुलिसकेको अवस्थामा निर्माण टिमले ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक गरेको हो । सुशान्त गौतमले गीतमा आवाज भरेको छन् ।
हर्क साउदको शब्दको शब्द र गायक गौतमको संगीतमा रहेको गीतमा चलचित्रका चार लिड कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन् । गीतमा दया-केनिपा र गौरव-मेनुकाको प्रेम देखाइएको छ ।

गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो चलचित्र निर्माण भएको हो । गीतझैं चलचित्रले पनि बैदेशिक रोजगारीको कथा भन्ने निर्देशक गुरुङले बताए । यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रको कथा निर्देशक स्वयम्को हो ।
माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।
गीत हेर्नुहोस् :-




