बैशाख २७ लाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘कप्स’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुपविक्रम शाही र नव-अभिनेत्री सन्दिपा लिम्बु रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राख्दै सार्वजनिक गरिएको गीतमा विजय घिमिरे र नीतु गुरुङको स्वर छ । गीतमा गायक घिमिरेको शब्द तथा संगीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री सुहाएको छ ।

यो चलचित्रमा अनुपले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।
अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन छ ।
एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटाले बताए ।
गीत हेर्नुहोस् :-



