‘साइनो’ गीत: राजले जात्रामा भेटे मिरुनालाई (भिडियो)



आउँदो १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘साइनो’ को पहिलो लोकलयको गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ‘मायालुलाई जात्रैमा भेटियो’ गीत सार्वजनिक गर्‍यो ।

गीतमा फिल्मका लिड कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । चेतन कार्की गीतका सर्जक हुन् । गीतको भिडियोमा राज र मिरुनाले कोरियोग्राफर रामजी लामिछानेको डान्स स्टेप फलो गरेका छन् ।


नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो चलचित्रको निर्माण गरेकी हुन् । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने चलचित्रको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले चलचित्रको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए ।

यसमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्र रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । चलचित्रमा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu