चलचित्र ‘पसिना’ को प्रोमोसनल टाइटल गीत सार्वजनिक गरिएको छ । चलचित्रको गीत सार्वजनिक गर्दै चलचित्र प्रचार प्रसारमा उत्रेको छ । सार्वजनिक ‘सुनैको दरबार’ बोलको गीतमा मीना पोखरेल निरौलाको स्वर रहेको छ । निर्देशक आर. बि खत्री शरदको शब्द रचना रहेको गीतमा संगीत दिपक शर्माको रहेको छ ।

अभिनेत्री छुल्ठिम डोल्मा गुरुङले ठुम्का लगाएको गीतमा राजिव समिरको कोरियोग्राफी छ । निरज कँडेलले छायांकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । चलचित्रमा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ ।
पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशक खत्रीले बताए । निर्देशक खत्रीको कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।
भिडियो :-




