शुक्रवारबाट तीन चलचित्र ‘पुरानो बुलेट’, ‘जानी नजानी’ र ‘द म्यान फ्रम काठमाडौं’ एकसाथ प्रदर्शनमा आएका छन् । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रलाई भिषण राईले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कथा तथा पटकथा निर्देशक स्वयं भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् । हरि घले लामाको छायांकन रहेको यसमा कोरियोग्राफी प्रसान्त तामाङको छ ।

बसन्त अधिकारीको निर्देशनमा बनेको ‘जानी नजानी’ मा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको चलचित्रमा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् ।
यस्तै, ‘द म्यान फ्रम काठमाडौं’ लाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपाल र अमेरिकामा चलचित्र खिचिएको हो । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले चलचित्र निर्माण गरेका हुन् । यो चलचित्रलाई नेपाल प्रदर्शन लगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन पनि गर्ने निर्माण टिमको तयारी छ ।
चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, कर्माशाक्य, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।




