हेर्नुहोस् सलिनमानको ‘यात्रा’ ट्रेलर (भिडियो)



अभिनेता सलिनमान बनियाँ स्टारर नयाँ चलचित्र ‘यात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा पत्रकारलाई साक्षी राखेर निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा लभ, रोमान्स, कमेडी, द्वन्द्वलगायतका पाटोलाई प्रस्तुत गरिएको छ । एक्सन र कमेडीले ट्रेलरमा प्राण भरेको छ ।

सम्राट शाक्य निर्देशित चलचित्र यही चैत २९ मा प्रदर्शनमा आउँदैछ । निर्देशक शाक्यले चलचित्रको मूलकथालाई ट्रेलरबाट प्रस्ट्याउन खोजिएको बताए । अभिनेता सलिनले चलचित्रमा भ्लगरको भूमिका निभाएका छन् । उनको अपोजिटमा मलिका महत छिन् । उनले एक दृष्ट्रिविहीन गायिकाको भूमिका निभाएकी छन् । ट्रेलरमा उनको खोजीमा सलिन देखिएका छन् ।


अभिनेता सलोन बस्नेतको भूमिका भने ट्रेलरमा खुलाइएको छैन । उनी भिलेनको भूमिकामा हुनसक्ने ट्रेलरबाट धेरथोर अनुमान काट्न सकिन्छ । जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । चलचित्रमा कथा पनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।

केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । अभिनेता सलिनले ट्रेलर रिलिज कार्यक्रममा बोल्दै चलचित्रमा आफूले अभिनयमा निखारता ल्याउन निकै मिहिनेत गरेको सुनाए । उनी चलचित्र राम्रो बनेको पनि दाबी गर्छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu