बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘कालो वर्ष’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी’ बोलको गतमा अञ्जु पन्त र विशाल निरौलाको स्वर सुन्न सकिन्छ । भने, खेम सरु मगरको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार ओकेश पनेरु र अनुपा खड्का फिचर्ड छन् ।

रामेश्वर हुमागाइँले खिचेको गीतमा मेघना मगरको कोरियोग्राफी छ । सुवास देवकोटाले गीतको भिडियो सम्पादन गरेका हुन् । भिडियोभन्दा गीतको अडियो राम्रो छ । चलचित्रमा पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यस चलचित्र योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानीमा निर्माण भएको हो । चलचित्रलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । लक्षु गौतमले चलचित्रको निर्देशन गरेकी हुन् । यसअघि उनले ‘तँ म र ऊ’ निर्देशन गरेकी थिइन् ।
गीत हेर्नुहोस् :-




