हलमा रिलिज नभइ युट्युबमा ‘अमेरिकन बाबु मेड इन नेपाल’



अमेरिकामा निर्माण भएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा रिलिज नभइ सिधै युट्युबमा आएको छ । आफू नेपालभन्दा बाहिर रहेका कारण र नेपालमा वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेका कारण चलचित्र सिधै युट्युबमा रिलिज गरिएको निर्देशक तथा निर्माता ईश्वर थापाले जानकारी दिए ।

यो चलचित्रको अमेरिका र क्यानाडामा विशेष शो गरिएको थियो । दुई देशबाट फिल्मले लगभग ८० प्रतिशत लगानी उठाएको निर्देशक थापा बताउँछन् । बाँकी २० प्रतिशत युट्युबबाट उठ्नेमा उनी विश्वस्त छन् । चलचित्रले विषेश प्रदर्शनीमा राम्रो प्रतिक्रिया बटुलेको थियो । निर्देशक थापा युट्युबमा पनि दर्शकले चलचित्र रुचाउने ठान्छन् । एक समयकी लोकप्रिय अभिनेत्री नन्दिता केसीको चलचित्रमा लिड रोल छ ।

बाबु बोगटी, स्मृती पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अञ्जली लामा, प्रवेश उप्रेती पल, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बाँस्तोलालगायतका कलाकारहरुको ‘अमेरिकन बाबु मेड इन नेपाल’ मा अभिनय छ । चलचित्रलाई राजेश गुरुङ, मञ्जु राना र सम्झना उप्रेतीले निर्माण गरेका हुन् । अमेरिका बस्ने नेपालीहरुको वास्तविक कथा चलचित्रले भन्छ । चलचित्रका सम्पादक पनि निर्देशक थापा आफैं हुन् ।

पूरा फिल्म हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu