शंकरलाल श्रेष्ठको स्वरमा रहेको ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजजिक गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ ।
सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिश्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्यमा पोख्त अभिनेता दीलिप र ‘सालको पात टपरी’ बोलको गीतबाट चर्चामा आएकी अभिनेत्री मरिश्काको केमेस्ट्री भिडियोमा गजब देखिन्छ ।
गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएको बताउँदै विशेष कारणले धेरै वर्ष गीतसंगीतबाट टाढा रहेपनि आउँदा दिनमा गीतसंगीतलाई निरन्तरता दिने गायक शंकरलालले बताए । त्यस्तै अभिनेत्री मरिश्काले आफूले सानैदेखी अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै सँगै काम गर्न पाएकोमा सुःखी ब्यक्त गरिन् ।
निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए । भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्कालगायतले शुभकामना दिएका थिए । काभ्रेको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन् ।
भिडियो :-