बैशाख १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ । यो चलचित्र २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिमा आधारित छ ।
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक गौतमले भनिन्, ‘चलचित्रमा भूकम्प जाँदा के-कस्ता घटना भए त्यो देखाएका छैनौं । भूकम्पपछि थुप्रै युवाहरु विदेश पलायन भए । कति घरबार विहीन भए । बलात्कारका घटनाहरुहरु बढे । चेलीबेटी बेचबिखनका घटनाहरु पनि निकै बढ्यो । यही सेरोफेरोमा ‘कालो वर्ष’ तयार पारेका छौं ।’
चलचित्रमा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस चलचित्र योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानीमा निर्माण भएको हो ।
चलचित्रलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । सुवास देवकोटाले चलचित्रको सम्पादन गरेका हुन् । यसको कथा, पटकथा तथा संवाद ओकेश पनेरी हो । नव-अभिनेत्री अनुपाले डेब्यू चलचित्रबाट आफूले ठूलो आशा गरेको बताइन् । नव-अभिनेता ओकेशले चलचित्र राम्रो बनेको र दर्शकलाई मनपर्ने बताए ।
टिजर हेर्नुहोस् :-