‘लभ स्टेसन’ को तेस्रो गीत सार्वजनिक (भिडियो)



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेसन’ को तेस्रो गीत सार्वजनिक भएको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै संगीत सुन्न सकिन्छ । दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ । चलचित्रको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको छ ।

गीतको भिडियोमा फिल्ममा नेगेटिभ रोलमा रहेको प्रकाश शाहसँग अभिनेत्री जसिता गुरुङलाई लगनगाँठो कस्दै देख्न सकिन्छ । दुईको विवाहमा अभिनेता प्रदीप खड्का गीतमार्फत् मनको बेदना पोख्दै देखिएका छन् । यो चलचित्रमा उनी गायकको भूमिकामा छन् । युट्युबमा सार्वजनिक भएसँगै यस गीतलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

उज्ज्वल घिमिरे चलचित्रका निर्देशक हुन् । यो सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । प्रदीप, जसिता र प्रकाशका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आलोक शुक्लाको यसमा छायांकन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu