‘यात्रा’ गीतमा सलिन र मलिका बने रोमान्टिक (भिडियो)



चैत २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनमा आएको एक हप्तामा सार्वजनिक गरिएको ‘फ्लाइङ्ग’ बोलको गीतमा अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महतलाई पोखराको रमणीय स्थानहरुमा रोमान्टिक अवतारमा देख्न सकिन्छ । यसमा प्रविन सिंहको कोरियोग्राफी छ ।

गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ । चलचित्र रिलिजको एक हप्तापछि गीत सार्वजनिक गर्नुको कारणबारे प्रस्ट्याउँदै निर्देशन सम्राट शाक्य भन्छन्, ‘हामीले पूर्वतयारी अनुसार नै यसलाई रिलिजपछि सार्वजनिक गरेका हौं ।’ उनी चलचित्रलाई प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएका छन् ।


चलचित्रमा सलिनले भ्लगमार्फत् समाजमा ल्याएको परिवर्तनलाई देखाइएको छ । यसमा सलिन र मलिकासँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ । चलचित्रमा कलाकार केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

विक्रम पराजुली, मुक्ति तिमल्सिना र राम शरण घिमिरे फिल्मका सह-निर्माता हुन् भने निर्माताको रुपमा सुशील पोखरेल छन् । यसको कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथा निर्देशक शाक्यकै हो । उनलाई लेखनमा सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले साथ दिएका छन् । यसलाई सञ्जय लामाले खिचेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu