काठमाण्डौ। बिशेष गरी विद्यार्थीको आकर्षण रहेको मुलुक अष्ट्रेलिया नेपाली कला क्षेत्रको लागि बिशेष मुलुक मानिन्छ । नेपाली चलचित्रको प्रदर्शनी होस् या नेपाली साँस्कृतिक कार्यक्रमहरु किन नहुन् त्यहाँ रहने नेपालीहरुको बाक्लो उपस्थिती देखिदै आएको छ ।
नयाँ बर्ष २०७६ को अवसर पारेर अष्ट्रेलियाका सिड्नी, मेलवर्न, एडिलेट जस्ता केहि शहरहरुमा बिशेष कार्यक्रमहरु सम्पन्न भएका छन् । ति कार्यक्रमहरुमा नेपाली कलाकारहरुको भिड लागेको त्यहाँ पुगेका गायक मानस राजले ठुलोपर्दा डटकमलाई बताए ।
मानसका अनुसार सो अवसरमा गायिका इन्दिरा जोशी, गायक जिवन शर्मा, गायक बद्रि पंगेनी, हाँस्यकलाकात सुबोध गौतम लगाएतका कलाकारहरुले अष्ट्रेलियाका केहि शहरलाई मनोरञ्जन दिलाएका छन् ।
रोयल वेस्टर्न फुटबल क्लबको आयोजनामा मेलवर्नमा भएको ‘न्यु इएर धमाका’मा मानसले आफ्नो सुपरहिट गीत ‘भाईरल भईदियो’ गाउँदै सयौँ दर्शकलाई नचाएका थिए भने उनले अन्य केहि गीत गाएका थिए । कार्यक्रमा हाँस्यकलाकार सुबोध गौतमले हाँस्यव्यंग्य प्रस्तुत गरेका थिए । मानस र सुबोध सिड्नीबाट लाहुरि टिभिको कार्यक्रम सकेर मेलवर्न पुगेका थिए । उक्त कार्यक्रममा गायक बद्री पंगेनी एडिलेटको कार्यक्रम सकेर पुगेका थिए ।
सिड्निको इन्द्रेणी फङ्सन सेन्टरमा भएको कार्यक्रममा गायिका ईन्दिरा जोशीले ‘उध्रेको चोली’ लगायतका गीत गाईन् ।