चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश चर्चित गीत ‘कुटुमा कुटु’ लाई युट्युबमा नेपालको जनसंख्याभन्दा तीन गुणा बढी भ्यूज मिलेको छ । नेपालको जनसंख्या ३ करोड नजिक छ । यस गीतलाई युटयुबमा मात्र १० करोडभन्दा बढी पटक हेरिएको छ । एक वर्ष अगाडि युट्युब रिलिज भएको यो गीत राजनराज सिवाकोटीले तयार पारेका हुन् ।
आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा १० करोड पटक हेरिएको रेकर्ड छैन । ‘कुटुमा कुटु’ ले एतिहासिक रेकर्ड बनाएको छ । यस गीतले पाएको सर्वाधिक भ्यूजलाई संगीतकर्मीले एतिहासिक क्षण बताएका छन् । यो रेकर्ड तोड्न नेपाली गीतलाई निकै समय लाग्ने देखिन्छ । ‘कुटुमा कुटु’ १० करोड पटक हेरिने पहिलो गीत बनेकोमा गायक तथा संगीतकार राजनराजले दर्शकलाई धन्यवाद दिएका छन् ।

गीतले झैँ चलचित्र ‘दुई रुपैयाँ’ ले बक्सअफिसमा रेकर्ड नबनाए पनि पैसा भने राम्रै छापेको थियो । यो गीतका कारण पनि चलचित्रको इनिसियल बक्सअफिस बलियो देखिएको थियो । ‘कुटुमा कुटु’ गीतमा राजनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । प्रायः राजनराजले तयार गरेका फिल्मका गीतले युट्युबमा करोड भ्यूज बटुलेका छन् ।
१० करोड भ्यूज बटुलेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै अभिनेता द्वय निश्चिल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले ठुम्का लगाएका छन् । यो गीतमा ठुम्का लगाएर लाइमलाइटमा आएकी स्वस्तिमा अहिले नेपाली चलचित्रकी डिमाण्डेड अभिनेत्रीमा पर्छिन् । यो गीतकै कारण उनको धरमराएको चलचित्र करिअरले गति लिएको थियो । यस गीतका गीतकार राजनराज स्वयं हुन् ।
गीत हेर्नुहोस् :-




